Categories समाचार

आधा दर्जन कुकुरको आक्रमणमा परी ६ वर्षीया बालिकाको मृत्यु

Advertisement

धनुषा । जनकपुरमा कुकुरको झुण्डले आक्रमण गर्दा ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

धनुषाको शहिदनगर नगरपालिकाको यदुकोहा घर भई जनकपुर बस्दै आएका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको कुकुरको आक्रमणमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Advertisement

मंगलबार साँझ डेरा नजिकै आँप टिप्न गएको बेला उनलाई आधा दर्जनको संख्यामा रहेका कुकुरले एकसाथ आक्रमण गरेका थिए।कुकुरको आक्रमणबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *