वीरगञ्ज। विशेष सूचनाको आधारमा पर्सा प्रहरीले ९० लाख बढी रुपैयाको बिभिन्न सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
बुधबार बिहान आन्दाजी १:४५ बजे जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.८ घण्टाघर स्थित सडकखण्डबाट वडा प्रहरी कार्यालय विर्ताले ना.६ ख ३८६१ नम्बरको ट्रकबाट आन्दाजी ८७ लाख ५० हजार ४ सय १५ रुपैया बराबरको खुद्रा तथा औषधीहरू नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको सामान आजै राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाइएको छ ।
त्यसैगरी मंगलबार अन्दाजी ०२:०० बजे वीरगञ्ज – १६ रजतजयन्ती चोक बाट २ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न तथा कपडाहरू पक्राउ गरि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको पर्सा प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।






