Categories समाचार हाइलाइट-समाचार

वीरगन्जका पूर्व मेयर सरावगीले फेरि छाडे पार्टी, एमालेले निष्क्रिय बनाएको आरोप

Advertisement

श्याम सर्राफ वीरगन्ज । वीरगन्ज महानगरपालिककका पूर्व मेयर विजय कुमार सरावगीले नेकपा एमाले पार्टीले आफुलाई निष्क्रिय बनाएको आरोप लगाउँदै राजिनामा दिएका छन् ।

पार्टी अध्यक्षको नाममा जारी गरिएको पत्रमा सरावगीले, “म नेकपा एमालेमा २०७८ साल मंसिर देखि सक्रिय रुपमा लाग्दै आएको छु । गत स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट वीरगन्ज महानगरपालिकामा प्रमुख पदको उमेदवार भएको कुरा यहाँलाई विदितै छ । मलाई विश्वास गरेर पार्टीको तर्फबाट वीरगन्ज महानगरपालिकाको मेयर पदको उमेदवार बनाउनु भएकोमा श्रद्धेय पार्टी अध्यक्ष माननीय केपी शर्मा ओली र नेकपा एमाले प्रति सदैव ऋणी रहने छु ।” उल्लेख गरेका छन् ।

Advertisement

उनले लेखेका छन्, “२०७८ साल भन्दा अघि म जनता समाजवादी पार्टीमा आवद्ध रही वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएको थिए । हाल मलाई पार्टीको केन्द्रीय सल्लाहकार पदमा मनोनित गरिएको छ ।”

Advertisement

सक्रिय राजनीतिमा लागेपछि पार्टी भित्र आफ्नो हैसियत अनुसारको भूमिका रहने अपेक्षा लिए पनि पार्टीको भूमिकाले राजनीतिमा सक्रिय भन्दापनि निस्क्रिय बनाएर राख्ने खालको अवस्था देखिएको आरोप लगाउदै नेकपा एमालेको साधारण सदस्य समेत नरहनेगरी सरावगी राजीनामा दिएका छन् ।

राजीनामा स्वीकृत गरी स्वतन्त्र रुपमा जनताको विचमा गएर काम गर्ने वातावरण बनाउनु हुनेछ भन्ने आफु अपेक्षा लिएको सरावगी बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *