Categories समाचार

घुस लिदै गर्दा पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

वीरगन्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिकाका एकजना वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उपमहानगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।

बैशाख २७ गते बिहिबार विशेष अदालतले वडाध्यक्ष कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको जनाइएको छ । २०८० साल माघ १० गते सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो

Advertisement

विशेष अदालतले दोषी ठहर गर्दा वडाअध्यक्ष कार्की निर्णय बदरको माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवादी बनाई पुनरावेदनको लागि फागुन ३ गते विशेष अदालतमा मुद्दा दर्ता गराएका थिए ।

Advertisement

इजलास नम्बर १ का अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर र सदस्य न्यायाधीश तेज नारायण सिंह राईको फैसलाले पहिलाको निर्णयलाई नै सदर गरेको थियो ।

२०८० साल पुस २ गते अख्तियार दुरुपयोग अनुसन्धानको हेटौँडास्थितको टोलीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई पाँच लाख घुस रकम सहित पक्राउ गरेको थियो । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *