Categories एजेन्सी

छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ

एजेन्सी ।  भारतको राजधानी दिल्लीसँग जोडिएको युपीको गाजियाबादमा प्रहरीले एक जना मौलवीलाई छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।

युवतीको साथ मौलवीको अश्लील भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि युपी प्रहरीले मौलवीलाई पक्राउ गरेको हो । घटनाको बारेमा पुलिस उपायुक्त (ग्रामीण) विवेक चंद्र यादवले भने, ‘बलात्कारको घटना दुई वर्षअघि भएको थियो जब ती युवती जÞब्बार नाम गरेको मौलवीसँग क्लास लिन गएकी थिइन् ।’

Advertisement

न्युज एजेन्सीका अनुसार पुलिसका अनुसार आरोपीले युवतीको केही भिडियो बनाएको थियो । त्यही भिडियो देखाएर आफूसँग सम्बन्ध बनाउन युवतीमाथि मौलवीले दवाव दिइरहेका थिए ।

Advertisement

रिपोर्टका अनुसार आरोपी मंसूरी थाना क्षेत्रअन्तर्गत एक मस्जिदमा मौलवी हुन् । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *