Categories समाचार

खोलामा नुहाउने क्रममा डुबेर गयो दुई किशोरीको ज्यान

Advertisement

वीरगंज । खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको ज्यान गएको छ।

डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको ज्यान गएको हो । गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवै जना डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिए ।

Advertisement

आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डडेल्धुरामा राखिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि डिएसपी पाठकले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *