वीरगंज। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ ।
सरकार छाड्ने तयारीमा समेत रहेको जनता समाजवादी पार्टी नेपालले ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बैठक बोलाएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनकाे तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।






