Categories हाइलाइट-समाचार

नवगठित जसपाबाट ३ जना मन्त्री बन्ने, प्रदीप यादवको जिम्मा स्वास्थ्य मन्त्रालय

Advertisement

वीरगंज । नवगठित जनता समाजवादी पार्टी (जसपा)बाट संघिय सरकारमा ३ जना थप मन्त्री बन्ने भएका छन् । अशाेक राई नेतृत्वकाे जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकारमा तीन जना मन्त्री पठाउने लागेकाे हाे ।

प्रतिनिधि सभा सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान र रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्री बनाउने निर्णय भएको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

Advertisement

जनता समाजवादी पार्टीमा लागेका नवलकिशोर साह सुडी यसअघिदेखि नै संघीय सरकारमा वनमन्त्री छन् ।

Advertisement

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले आइतबार नै पदबाट राजीनामा दिएका थिए । रिक्त स्थानमा नवगठित जसपाबाट मन्त्री बनाउन लागिएको हो ।

महासचिव राईका अनुसार पार्टीले पठाएका मन्त्रीहरूको शपथ सोमबार नै हुनेछ । ‘मन्त्रीहरूको शपथ सोमबार अपराह्न ५ बजे हुने भनिएको छ,’ उनले भने ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सांसद छुट्टिएर जनता समाजवादी पार्टी बनाएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *