Categories समाचार

आयोगको निर्णय खारेज गर्न माग गर्दै उपेन्द्र यादव सर्वोच्चमा

Advertisement

वीरगन्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत गएका छन् । 

निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव अदालत गएका हुन ।

Advertisement

उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका हुन् । रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गरेका छन् । 

Advertisement

अशोक राईले वैशाख २३ गते जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको भोलिपल्टै सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो ।

अब उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् ।  रिटको पेशी जेठ २ गतेका लागि तोकेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *