Categories समाचार

अफगानिस्तानमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१५ पुग्यो

Advertisement

काठमाडौं । अफगानिस्तान उत्तरी राज्य बाघलानमा गत शुक्रबारको वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या तीन सय १५ पुगेको छ ।

बाढीका कारण करिब १६ सय मानिस घाइते भएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । आन्तरिक मन्त्रालयका अनुसार बाढीले क्षतिग्रस्त क्षेत्रमा करिब ३ लाख १० हजार बालबालिका रहेका छन् । 

Advertisement

बाढीले उत्तरी क्षेत्र एउटा गाउँ नै बगाएर लगेको बताइएको छ । अस्पतालहरूमा पनि क्षति पुगेका कारण घाइतेहरूको उपचार गर्न निकै कठिनाइ भइरहेको स्वाथ्यकर्मीहरुले जनाएका छन् । 

Advertisement

उत्तरी क्षेत्र बाघलानको नाहरिन जिल्लामा बाढीका कारण खानेपानी तथा खाद्यान्नको पनि अभाव भएको बताइएको छ । 

तालिबान शासित अफगानिस्तानका अर्थमन्त्री दिन-मोहम्मद हानिफले संयुक्त राष्ट्रसंघलाई क्षतिग्रस्त क्षेत्रमा तत्काल मानवीय सहयोग पुर्‍याउन आग्रह गरेका छन् । साभार : कान्तिपुर टीभी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *