वीरगंज । अनलाइनमार्फत यौन व्यवसाय चलाएकोआरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उनीमाथि अनलाइनमार्फत नाबालिका र किशोरीहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा छ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका वडा नम्बर–६ घर भएर गोकर्णेश्वरस्थित माकलबारी बस्ने अंजली अधिकारीलाई पक्राउ गरिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीका अनुसार १९ वर्षीय अधिकारीले स्ट्रिप च्याटमार्फत नाबालिका र किशोरीहरूलाई लाइभ भिडियो च्याट गर्न लगाएर यौन व्यवसायमा लगाएको बताए।
अनलाइनमा बसेर अंग प्रदर्शन गरेर पुरुषहरूलाई मोहित बनाएर उनले यौनधन्दा सञ्चालन गरेकी हुन । अधिकारीविरुद्ध प्रहरीले बालबालिका सम्बन्धी ऐन अनुसार म्याद लिएर अनुसन्धान गरिरहेको छ ।






