वीरगंज । आगलागी र वन डढेलोमा परि एक महिनामा विभिन् स्थानका २७ जनाको मृत्यु भएको छ। वैशाख महिनामा २७ जनाको मृत्यु भएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख महिनामा मात्र देशभर आगलागीका ८ सय ६१ र डढेलोका ५ सय ७३ वटा घटना भएका छन् ।
आगलागीमा परी २१ जनाको मृत्यु भएको थियो भने ७३ जना घाइते भएका थिए । त्यस्तै, डढेलोमा जलेर ६ जनाको मृत्यु र १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो ।






