वीरगन्ज । बिपन्न परिवारकी छोरीको विहेमा पर्सा फोटोग्राफर एशोसिएसनले सहयोग गरेको छ ।
पर्सा फोटोग्राफर एशोसिएसनले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियाबस्ने भथरी पासवानकी छोरीको विहेका लागी आवश्यक केहि सामान सहयोग गरेको हो ।
पासवान परिवारलाई छोरीको विहेका लागि साईकल १ थान, श्रृंगारका सामग्री, चामलसहित केही नगदपनि सहयोग गरेको अझै चाहिएको सामानपनि सहयोग गर्ने पर्सा फोटोग्राफर एशोसिएसन संघका विजय ठाकुरले जानकारी दिए ।






