Categories समाचार

दुर्गा प्रसाईंका समर्थकले एभरेष्ट बैंकको मुलगेटमा गरे तालाबन्दी

Advertisement

वीरगन्ज । दुर्गा प्रसाईंको ‘नागरिक बचाउ अभियान’ अन्तर्गत र्‍यालीमा निस्किएका समर्थकले जनकपुरधामस्थित एभरेष्ट बैंकको मुलगेटमा तालाबन्दी गरेका छन् ।

ऋणीलाई आत्महत्या गर्नसम्म बाध्य पारेको भन्दै प्रसाईंका समर्थकले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका छन् ।

Advertisement

बैंकमा तालाबन्दी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेल समेत भएको थियो । गेटमा तालाबन्दीपछि स्व. खुशीराम चौधरीको तस्वीर राखिएको थियो । बर्दियाका चौधरीले एभरेष्ट र ज्योती विकास बैंकले ऋण तिर्न दबाब दिएको भन्दै आत्महत्या गरेका थिए ।

Advertisement

प्रसाईंका समर्थकहरूले जनकपुरधामस्थित ज्योती विकास बैंकमा पनि तालाबन्दी गर्न पुगेका थिए । तर, प्रहरीले त्यहाँ रोकेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *