Categories समाचार

अस्पतालमा सुत्केरीको मृत्यु, श्रीमानलाई जागिर र साढे १३ लाख रुपैयाँमा मिलापत्र

Advertisement

जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । शनिबार राति सुत्केरी व्यथा लागेपछि भर्ना भएकी धनुषा लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाकी २७ वर्षीया अनिताकुमारी यादवको सोमबार बिहान ९ बजे मृत्यु भएको हो ।

मृतकका आफन्त वीरेन्द्र यादवका अनुसार आइतबार बिहान ११ बजे शल्यक्रियाबाट अनिताले छोरा जन्माएकी थिइन् । शल्यक्रियामा चिकित्सकले लापरबाही गर्दा अवस्था बिग्रिँदै गएर सोमबार विहान मृत्यु भएको यादवको भनाइ छ ।

Advertisement

शल्यक्रियाको बेला एनेस्थेसियाका चिकित्सक नभई सिकारुले बेहोस गरेकाले विस्तारै अवस्था गम्भीर हुँदै मृत्यु भएको परिवारजनको आरोप छ ।

Advertisement

शल्यक्रियामा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै मृतकको परिवारले तोडफोड र प्रदर्शन गरेका छन् । सोमबार दिन भर अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो ।

मंगलबार अपराह्न मृतक र अस्पताल प्रशासनबीच भएको वार्तामा साढे १३ लाख रकम र एकजनालाई रोजगारी दिने सहमति भएको छ ।

मृतकको किरिया खर्च बापत ३ लाख ५० हजार र तीन छोराछोरीको पठनपाठनका लागि १० लाख रुपैयाँ गरी १३ लाख ५० हजार रुपैयाँ दिने र श्रीमानलाई योग्यता अनुसारको जागिर दिने सहमति भएको एक आफन्तले बताए ।

अस्पतालका निर्देशक धर्म सुवेदीले उपचारमा लापरवाही नभएको दाबी गरे । तर अस्पतालमा तोडफोड हुँदा प्रहरीले सहयोग नगरेपछि बाध्य भएर वार्तामार्फत समस्या समाधान गरिएको उनको भनाइ छ । सहमतिपछि मृतकका परिवारले शव बुझेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *