Categories धर्म/संस्कृति

वैशाखमा मात्रै ५२ हजार भक्तजनले गरे पाथीभरा माताको दर्शन

Advertisement

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न वैशाख महिनामा मात्रै झण्डै ५२ हजार भक्तजन आएका छन्

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार वैशाख महिनामा ५१ हजार ८ सय ४ जना तीर्थालुले मन्दिरको दर्शन गरेका हुन्।

Advertisement

गत साउनदेखि चैत मसान्तसम्ममा एक लाख ६८ हजार ४ सय ६८ जनाले मन्दिरको दर्शन गरेका थिए। हाङवाङका अनुसार सबैभन्दा बढी चैत महिनामा ५२ हजार ४ सय ५५ जनाले दर्शन गरे। कात्तिकमा ४९ हजार १ सय ६३, साउन महिनामा १ हजार १ सय २२, भदौमा ५ हजार र असोजमा १० हजार ३ सय ४३ भक्तजनले दर्शन गरेको हाङवाङले जानकारी दिए।

Advertisement

यस्तै मंसिरमा २० हजार ४ सय १६, पुसमा ५ हजार ६ सय ५५, माघमा ६ हजार ४ सय १ र फागुनमा १७ हजार ९ सय १२ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो। यहाँ वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ। साभार

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *