Categories समाज

आगलागि पिडितहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको राहत

Advertisement

वीरगंज l वीरगंज १७ अलौंका आगलागि पिडितहरुलाई आज राहत बितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले अलौंका आगलागि पिडित ७ परिवारलाई राहत बितरण गरेको हो । अस्थाई प्रहरी कार्यालय श्रीसिया र वडा नम्बर १७ का वडा  अध्यक्ष संजु छतकुलीको संयुक्त पहलमा राहत बितरण गरिएको हो ।

Advertisement

पिडितहरुलाई एक बोरा चामल,दाल,आलु,प्याज,चिनी,नुन,आटा लगायतको खाद्यन्न सहयोग गरिएको वडा अध्यक्ष छतकुलीले जानकारी दिए ।

Advertisement

सो अवसरमा पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगेंल, सिर्सिया प्रहरी चौकीका सई सुनिल पनेरु, वडा सदस्य नेशार अहमद , राप्रपाका जिल्ला अध्यक्ष सुमेशवर उपाधयाय ,नेपाली कांग्रेस २ को ख का अध्यक्ष शैलेन्द्र उपाधयाय , नेपाली कांग्रेस १७ का बुथ कमिटी अध्यक्ष शिवओम लामिछाने लगायतको सहभागिता रहेको थियो । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *