Categories समाचार

पर्सा प्रहरीद्वारा बैशाखमा मात्रै ६ करोड बढीको सामान बरामद

Advertisement

वीरगंज। जिल्ला प्रहरी कार्यालय पर्साले एकमहिनाको अवधिमा अर्थात मात्र बैशाखमा ६ करोड भन्दा बढीको भन्सार छली चोरीपैठारी गरी लगाएको सामान बरामद गरेको छ ।

पर्सा प्रहरीले २०८१ बैशाख अर्थात एक महिनाको बिबरण सार्बजनिक गर्दै विभिन्न स्थानबाट गरी तस्करीका लत्ताकपडा, औषधि, हार्डबेयर, इलेक्ट्रोनिक्स, किराना र खुद्रा सामान गरी ६ करोड १३ लाख ६८ हजार ४४ रुपैयाँ मूल्यका सामान बरामद गरिएको जनाएको हो ।

Advertisement

प्रहरीका अनुसार फैसला कार्यन्वयन तर्फ १ सय ५१ जना ( ५ वर्ष २९ दिन कैद रु.१५,०८,७४२।– जरिवाना ), चालु मुद्दाका फरार प्रतिवादी पक्राउ ११ जना, नक्कली नोट तर्फ रु. एक लाख तेइस हजार मात्र, हुण्डी कारोवारी पक्राउ रु.३५ लाख २० हजार ७ सय सहित ३ जना पक्राउ, चोरी भएको मोबाईल फेला पारी सम्बन्धितधनीलाई बुझाइएको ४२ थान , हातहतियार तर्फ १ थान Made in USA पेस्तोल, लागु औषधतर्फ गाँजा १५ के.जी. पक्राउ, खैरो हिरोईन ५७.४५ ग्राम, चरेश कोरेक्सः-६७ बोत्तल, नाइट्राभेट ७ सय ९९ पिस, फेनारगन ३० एम्पुल, डाइजेल्याब ३३ एम्पुल, नुरफिन ३३ एम्पुल लगायतका सामानहरू पक्राउ गरी सम्बन्धित कार्यालयहरूमा बुझाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *