Categories समाचार

जगदम्बा स्टिलमा काम गर्दै गर्दा एक मजदुरको मृत्यु, साढे १० लाख क्षतिपूर्तिमा सहमति

Advertisement

वीरगञ्ज । बाराको सिमरा स्थित जगदम्बा स्टिलमा कार्यरत मजदुरको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका – ३१ निवासी भुलन चौधरीको मंगलबार कार्यक्षेत्रमा ज्यान गएको हो ।

करिब ३ दशकदेखि जगदम्बा स्टिलमा कार्यरत मजदुर चौधरी काम गर्ने क्रममा एक्कासि ढलेपछि उपचारको क्रममा मृत्यु भएको उद्योग प्रशासनले जनाएको छ ।

Advertisement

चौधरीले उद्योगभित्र वर्कसपका काम गर्दै आएका थिए । उनको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु जनाइएको छ । 

Advertisement

मृतकका भतिज श्रीराम चौधरीले ब्रेन ह्याम्रेर्जका कारण मृत्यु भएको उद्योग प्रशासनले जनाएको बताएका छन् । 

चौधरीको मृत्युपछि उद्योग प्रशासनले मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र ५० हजार क्रिया खर्च दिने सहमति भएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *