Categories समाचार

कार्यभार सम्हालेको २ वर्षपछि पुनः मतगणना गर्न अदालतको आदेश

तनहुँ । तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्न पोखरा उच्च अदालतले आदेश दिएको छ।न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला भट्टराईको इजलासले यो आदेश दिएको हो।

निर्वाचन सम्पन्न भएर पनि निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको २ वर्षपछि उच्च अदालतको यो आदेश आएको हो।

Advertisement

स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै २०७९ जेठ १२ गते उच्च अदालतमा रिट दिएका थिए। दीपक पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन्। उनलाई नेकपा एमालेले समर्थन गरेको थियो।

Advertisement

कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २ सय ५२ मत अन्तरले पराजित जोशीले बिहीबार उच्च अदालत पोखरामा पुनः मतगणनाको माग गर्दै रिट निवेदन दिएका थिए। न्यौपानेले १२ हजार ७८ पाएका थिए भने र जोशीको पक्षमा ११ हजार ८ सय २६ मत देखिएको थियो।

जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गरेका थियो। उच्च अदालतले उनको दाबीअनुसारै फैसला गरिदिएपछि निर्वाचन आयोगले फेरि मतगणना गरेर नतिजा प्रकाशन गर्नुपर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *