Categories समाचार

जग्गा बिबादमा ५३ वर्षीय एकजनाको हत्या

Advertisement

वीरगन्ज । जग्गाको सीमा बिबादमा सिरहामा एकजनाको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका २ ब्रहमपुरिका ५३ वर्षीय बुधराम महतोको आज बिहान हत्या भएको हो ।

उनी आज बिहान खेतमा टयाक्टरसहित भरभलादमी लिएर पुगेको बेला स्थानीय बचाई महतोले कोदालो प्रहार गरी हत्या गरेका हुन् । बुधरामको घटनास्थलमै मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

Advertisement

घटना लगतै कोदालो प्रहार गर्ने भनिएका बचाई फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार मृतक बुधराम र बचाईबीच लामोसमयदेखि खेतको सीमा विषयमा बिबाद थियो । बुधराम आज बिहानै केही भरभलादमीलाई लिएर ट्याक्टरसहित खेतमा पुगेका थिए । त्यही क्रममा बचाइ पुगेपछि बिबाद भएको थियो । सोही क्रममा बचाइले बुधराममाथि कोदालो प्रहार गरेपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।

प्रहरी शव परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा पुर्याएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । साभार : टुडेपाटी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *