श्याम सरार्फ
वीरगञ्ज । आफनै ५ महिने छोराको घाटी थिची हत्या गरि फरार रहेकी महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आफ्नै छोराको हत्या गरेको आरोपमा वीरगञ्ज – १७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई पक्राउ गरेको छ ।
०८० साउन २७ गते बिहान ०९:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ बस्ने अमरजीत कुमारको श्रीमती आरतीले घरमा कोही नभएको बेला आफ्नै ५ महिनाको छोरालाई घाटी थिची हत्या गरेर फरार भई हाल भारतको पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आईरहेको थिइन् ।
पर्सा जिल्ला अदालतबाट ०८० कार्तिक १९ गते आरती कुमारी भएको ज्यान सम्बन्धी ( कर्तव्य ज्यान ) मद्दामा पक्राउ पुर्जी जारी भई प्रतिवादी आरती वीरगञ्जमा घुमफिर गरिरहेको भनि बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा गत १ गते मंगलबार दिउँसो ३ बजे वीरगञ्ज-१३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनिउपर थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।






