Categories धर्म/संस्कृति

आज सीता नवमी मनाइँदै, मधेसमा सार्वजनिक बिदा

वीरगन्ज । बैशाख शुक्ल नवमी अर्थात् ​पौराणिक ग्रन्थका अनुसार भगवान् रामकी अर्धांगिनी सीता उत्पत्ति भएको दिन। आज सीता नवमी मनाइँदै छ ।

जनकपुरका राजा जनकले यज्ञ गर्न भूमि जोत्ने क्रममा बालिका फेला पारेको र उनैलाई पुत्रीका रुपमा पालन गरी सीता नाम दिएको बताइन्छ। जनककी छोरी भएकाले उनी जानकीका रूपमा पनि परिचित छिन्।

Advertisement

पछि अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएको थियो। ​पितृआज्ञा पालना गर्न राम वनवास जाँदा सँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि धर्म नत्यागेको कथा रामायणलगायत पुराणमा उल्लेख छ।

Advertisement

रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले रानीको पद त्याग गरेर वनवास गएको रामायणमा उल्लेख छ। भूमिमा उत्पत्ति भएकी सीताले अन्त्यमा भूमिमै प्राण त्याग गरेको बताइन्छ।

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ। 

सीता जयन्ती रामनवमीको एक महिनापछि मनाइन्छ। रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ। 

आज मधेस प्रदेशमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *