Categories समाचार

तराईका जिल्लाहरुमा फेरी बढ्यो गर्मी (फोटो फिचर)

Advertisement

वीरगंज । मौसम बदली र वर्षा हुने क्रम घटेसँगै तराईका जिल्लासहित देशभर फेरि गर्मी बढेको छ। आकाशमा बादल लाग्न र पानी पर्न कम भएसँगै तापक्रम पुनः उकालो लागेको हो।

गत हप्ता देशव्यापी रूपमा मौसम बदली भई वर्षा हुँदा तराईका जिल्लाहरुमा अधिकतम तापक्रम ३० डिग्रीसम्म झरेको थियो भने अहिले वर्षा हुने क्रम रोकिएसँगै फेरि झन्डै ४० डिग्री सेल्सियससम्म उक्लिएको हो।

Advertisement

सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।

Advertisement

गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले दिनभर घाम लाग्न थालेपछि स्वाभाविक रूपमा फेरि तापक्रम बढ्न थाल्ने बताए। ‘जेठ महिना हो, बादल नलाग्ने र घाम लाग्ने भएपछि तापक्रम त बढिहाल्छ’, उनले भने।

उनले अब कम्तीमा ३ दिनलाई देशव्यापी मौसम बदली र वर्षा हुने सम्भावना नरहेको उनले बताए। ‘पहाडी भूभागमा मात्र मौसम बदली र हल्का वर्षाको सम्भावना छ’, उनले भने, ‘अन्यतिर आगामी ३ दिन खासै वर्षाको सम्भावना छैन।’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *