Categories समाचार

वीरगंजको माहोल असान्त बनाउँदै साहबुद्दिन

Advertisement

वीरगंज । आफू विभिन्न गैरकानुनी धन्दा र अपराध कर्ममा फसेपछि वीरगंजको माहोल असान्त बनाउन महम्मद साहबुद्धिन लागि परेको वीरगंजबासी आरोप लगाएका छन् । जसको पछिल्लो उदाहरण शुक्रबार साँझ वीरगंजमा भएको घटनाले प्रष्ट पारेको छ । शान्त रहेको वीरगंजको माहोल शुक्रबार साँझ एकाएक असान्त बन्न पुग्यो ।

व्यक्तिगत रिसिवि साँध्न मेयर राजेशमान सिंहको विरोधमा शुक्रबार साँझ मशाल जुलुस निकाल्दै माइस्थान चोकमा पुगेर उग्रता देखाएपछि मेयर सिंहका समर्थकहरुले नाराबाजि गर्दै त्यसको प्रतिबाद गरेका थिए । त्यसै क्रममा साहबुद्धिन समूह मुठभेडमा उत्रिन खोजेपछि प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

Advertisement

त्यसको आधा घण्टा समय पनि वित्न नपाउँदै साहबुद्धिन समूहले विर्ता स्थित एडभान्स अस्पताल अगाडी एक सर्वसाधारणको मोटरसाइकलमा आगजनी गर्ने प्रयास गरेपछि तत्कालै पुगेको प्रहरीले उनीहरुमाथि लाठीचार्ज गरेर तितरवितर बनाएको थियो । हिजो साझनै भाइरल भइरहेको भिडियोमा साहबुद्धिन आफै मोटरसाइकल नजिकै प्रस्ट देखिन्छन् । त्यसै क्रममा साहबुद्धिन पक्षका ४ जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

Advertisement

शुक्रबार वीरगंजमा पूर्व प्रधानमन्त्री र मन्त्री आएको मौका छोपेर वीरगंजको छवी नै धुमिल पार्ने नियतले साहबुद्धिन समूहले बजारमा मशाल जुलुस सहितको प्रदर्शन गरेको वीरगंजवासी बताउँछन् ।

शुक्रबार नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पर्सा क्षेत्र नं. १ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव गृह जिल्ला आएका थिए ।

शुक्रबार मात्र होइन वीरगंजमा भिआईपी÷भिभिआईपी आउना साथ यो समूह वीरगंजको छवी नै धुमिल्याउने गरि कहिले के बहानामा त कहिले के बहानामा नाराबाजीमा उत्रने गरेका कारण वीरगंजका व्यवसायि र सर्वसाधारणसमेत आजित बनिसकेका छन् ।

व्यक्तिगत रिसिवी साँध्न अनेक तिकडम गर्दै आएका साहबुद्धिनले मेयर सिंह कहिले कहाँ जान्छन्, के गर्छन लगायतका नितान्त निजी मामिलामा समेत सुराकी बनेर सांघातिक हमलाको योजना बनाएको विषय प्रकाशमा आएको थियो । साहबुद्धिनले बुद्ध एयरको वीरगंज र सिमरा कार्यालयमा समेत फोन गरेर मेयरको पिए हुँ भन्दै हवाई उडानको तालिका सोधपुछ गरी मेयरमाथि आक्रमणको योजना बनाएको विषयमा जिल्ला प्रहरीमा उजुरी परेपछि प्रहरीले शहाबुद्दिनलाई निगरानीमा राखको थियो । यो घटनाले पनि सहाबुद्धिनको आपराधिक मनसुबालाई उदाङ्गो पारेको छ ।

सहाबुद्धिन तिनै व्यक्ति हुन् जो दोहोरो नागरिकता लिएको अभियोगमा उच्च अदालत वीरगंजमा मुद्धा चलिरहेको छ । श्रीमतीको नाममा आर्थिक लेनदेन गरेर अपचलन गरेको मुद्धामा श्रीमती फरार हुनु परेको छ । तस्करीको जगमा रजगज गर्न खोज्ने साहबुद्धिनको घरमा प्रहरीले छापा मारेर तस्करीका सामान सहित सबै सिल गरेपछि उनको तस्करीको धन्दा पनि बाहिरिएको थियो ।

समाजमा हुने अनेकन अमानविय र गैरकानुनी कार्यमा सहाबुद्दिनको संलग्नता बढ्दो छ । केहिदिन अघि नारायणी अस्पतालमा कार्यस्थलमा भएको यौनजन्य दूव्र्यवहारमा संलग्न सिएमए अगन्द चौरसीयालाई पनि उनैले बोकेर हिँडेका थिए । हेल्थ असिस्टेन्टको अध्ययन गरिराखेकी एक छात्रालाई यौनजन्य दूव्र्यवहार गर्दा पक्राउ परेर महिला सेलमा राखिएका चौरसीयालाई छुटाउन निज सहाबुद्दिनले लठैतहरुको समुह परिचालन गरेका थिए ।

प्रहरी प्रशासनले समाजको अमन चयन भाँड्ने र साम्प्रदायीक भड्काउने सहाबुद्दिनलाई समयमै आवश्यक कारवाहि नगरे सामाजिक सद्भाव अझै विग्रदै जाने देखिएको वीरगंजवासी बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *