Categories समाज

वासिङ मेसिन र फ्रिज नदिएकाले यातनाका कारण छोरीले आत्महत्या गरेको परिवारको आरोप

Advertisement

वीरगन्ज । पर्साको वीरगञ्ज महानगरपालिका मुर्ली पोखरी -१२, बस्ने रवि साह कानुकी श्रीमतीले आज विहान फाँसो आत्महत्या गरेका छिन् ।

भर्खरै बिहे भएको मेरो छोरीको ससुराली पक्षले विभिन्न बाहाना बनाई यातना दिनुका साथै कुटपिट गर्नाले पिडा सहने नभएपछि आत्महत्या गरेको बुबाले आरोप लगाएका छन् ।

Advertisement

उनका बुवाको अनुसार दाइजोमा वासिङ मेसिन र फ्रिज नदिएकोले १० दिनदेखि यातना दिनुका साथै झगडा गर्दै मेरो छोरीलाई उनका परिवारले कुटपिट गर्दै आएका थिए ।

Advertisement

उनको परिवारजनले विभिन्न बाहाना बनाई दाइजोमा यो पाएनन् त्यो पाएनन् भन्दै कुटपिट गरी मानसिक यातना दिदा छोरीले आफै आत्महत्या गरेमा हाम्रो छोराको पुन बिहे गरी दाइजो लिने लोभमा छोरीलाई आत्महत्या गर्न बाध्य बनाएका हुँदा आज मेरो छोरीले आत्महत्या गरेकी बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *