Categories समाचार

प्रहरी जवान घिमिरेको हत्या आरोपमा एक नाबालकसहित ७ जना पक्राउ

Advertisement

काठमाडौँ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ ।   पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । 

लागुऔषध प्रयोगकर्ताले उनको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे विस्तृत विवरण आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जिल्ल प्रहरी परिसरका काठमाडौँका एसएसपी वसन्त रजाैरेले बताए । 

Advertisement

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान  घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको  थियो । 

Advertisement

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको  टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो ।  स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *