Categories समाचार

खैरो हिरोइन र अफिमसहित हेटौंडाका दुई युवक वीरगञ्जबाट पक्राउ

वीरगञ्ज । प्रतिबन्धित लागुऔषधसहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध बरामद गरेको हो । 

बा.प्र.०३–०२–प९४५० नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटीको सिटमुनी लुकाई छिपाई प्लाष्टिकको झोलाभित्र लागुऔषध खैरो हिरोइन १५१ ग्राम र अफिम १५४ ग्राम फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

Advertisement

मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय समुन्द्र साह र सोही ठाउँका २४ वर्षीय अमिर वानियालाई पक्राउ गरिएको थापाले बताए । उनीहरुविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको छ । 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *