वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले करोडौको भन्सार छलीका सामग्री बरामद गरेको छ । जिल्लाबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट १ करोड ३७ लाख ५८ हजार ८४२ रुपैयाँ बराबरको सामग्री बरामद गरेको हो ।
प्रदेश २–०३–००१ ख् ६९८६ र ना.७ ख १६५४ नम्बरको ट्रकबाट भन्सार छलीको कपडा, औषधी तथा खुद्रा सामान बरामद गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । उनकाअनुसार नियन्त्रीत ट्रकलाई सामग्रीसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ ।
जिल्लाकै टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाह चोकबाट पनि भन्सार छलीका सामान बरामद गरेको छ । एक लाख ५४ हजार ६ सय रुपैयाँ बराबरको कालो सखड, काउली बदाम र ईनो लगायतका सामान बरामद गरिएको हो । बरामद सामग्रीलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।


