Categories साहित्य कला

भोजपुरी चलचित्र ‘मेयर सिंह’ को निर्माण सम्पन्न, छिटै प्रदर्शन मिती तोक्ने तयारी

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरका विषयमा निर्मित भोजपुरी चलचित्र ‘मेयर सिंह’ को छायाङ्कन सकिएको छ । वीरगञ्जको त्रिमुर्ती सिनेमा हलमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण पक्षले चलचित्र निर्माणको काम सम्पन्न भएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले वीरगञ्जको अवस्थालाई चलचित्रमा चित्रण गरिएको बताए । बदलिएको वीरगञ्ज र राजनीतिसँगै प्रेम, द्वन्द्व लगायतका सबै रसलाई चलचित्रमा समावेश गरिएको कुर्मीको भनाई छ । यसअघि भारतमा बनेका चलचित्र नेपालमा चल्ने गरेकोमा ‘मेयर सिंह’ चलचित्र भारतमा पनि प्रदर्शन गरिने कुर्मीले जानकारी दिए । मेयर सिंह चलचित्र भारतीय फिल्मको तुलनामा कम नरहेको दाबी पनि उनले गरे ।

Advertisement

यहाँकै स्थानीय कलाकारले स्थानीय भाषा तथा संस्कृतिको संरक्षणका लागि बनाएको चलचित्रको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले सह्राना गरे । चलचित्रले वीरगञ्जको बास्तविकतालाई उतार्दै यहाँको विकासका बाधक तथा चुनौती एवम् समस्याहरुलाई केलाउन सघाउ पुग्ने अध्यक्ष तिवारीको विश्वास छ । कला, साहित्य, संगीत एवम् चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेष्ण गर्न पनि अध्यक्ष तिवारीले पत्रकारहरुलाई अनुरोध गरेका छन् ।

Advertisement

पत्रकार सम्मेलनकै क्रममा चलचित्र ‘मेयर सिंह’ को ट्रेलर पनि प्रदर्शन गरिएको थियो । ट्रेलरमा वीरगञ्ज महानगरपालिकाका गतिविधिलाई समावेश गरिएको देख्न सकिन्छ । वीरगञ्जमा सरसफाईमा आएको कायापलटको चर्चा पनि ट्रेलरमा देखाइएको छ ।

सुनिल तिवारीले लेखेको ‘मेयर सिंह’ को पटकथालाई सुबास देवकोटाले निर्देशन गरेका छन् । चलचित्रमा जितु जितेन्द्र, अजय पटेल, शिव प्रसाद कुर्मी, प्रिति आर्य, श्रेया दुलाल मुखलाल प्रसाद, रवी कुमार साह, प्रितम कलवार लगायतले अभिनय गरेका छन् ।

वीरगञ्जसहित बारा, पर्सा एवम् मकवानपुरका विभिन्न स्थानमा चलचित्रको छायाङ्कन गरिएको छ । पटकथा लेखक सुनिल तिवारीले नै सहायक निर्देशन गरेको चलचित्रलाई मेहफुज अन्सारीले छायाङ्कन गरेका हुन् । अजमत अली अन्सारी र सन्तोष पुरीको शब्द, संगीत एवम् गायन रहेको छ ।

शंकर महर्जनको द्वन्द्व रहेको चलचित्रको भिएफएक्स दिनेश ढकालले गरेका छन् । यही साताभित्र चलचित्रको ट्रेलर ‘ईगो रेकर्डस भोजपुरी’ युट्युब च्यानलमार्फत सार्बजनिक गर्ने तयारी रहेको चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले जानकारी दिए । उनकाअनुसार हलबाट अनुमति पाउने बित्तिकै एक महिना भित्रैमा चलचित्रको प्रदर्शन मिती पनि सार्बजनिक गरिनेछ ।

चलचित्र पत्रकार संघकी अध्यक्ष निलिमा पौडेलले सहजीकरण गरेको पत्रकार सम्मेलनमा पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, चलचित्र पत्रकार संघ पर्साका सल्लाहकार निरज पिठाकोटे मगर, बानका मधेश प्रदेश अध्यक्ष आशिक अन्सारी, पत्रकार एवम् चलचित्रका कलाकारहरुको उपस्थिती रहेको थियो । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *