Categories समाचार

लगातार रेकर्ड कायम गरिरहेको सुनको भाउ आज सय रुपैयाँले घट्यो

वीरगन्ज । सुनको भाउ बुधबार तोलामा १ सय रुपैयाँ घटेको छ । हिजो १२ सय रुपैयाँ घटेको थियो । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ तय गरेको छ ।

यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसयता १३ सय रुपैयाँ घटेको छ । चाँदीको भाउ बढेको छ ।

Advertisement

हिजो १ हजार ८८५ रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँ बढेर १ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ हालसम्मकै उच्च १ हजार ९४० रुपैयाँ पुगेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *