Categories समाचार

सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन, तत्काल रिहा गर्न माग

इटहरी । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए ।

Advertisement

जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका छन् ।

Advertisement

‘आज हामीले सांकेतिक विरोध गरेका हौं । यदि राज्यले गरेको ज्यादति सच्याएन भने भोलि योभन्दा पनि ठूला संस्थागत निर्णय लिएर विरोध प्रदर्शनमा हामी जान्छौं’, उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठले भने ।

जिल्ला अदालत परिसर बाहिर पनि तरुण दल, नेपाल विद्यार्थी संघ, उद्योगी व्यवसायीलगायत उपस्थित भएर नाराबाजी जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *