Categories समाचार

वीरगञ्जका उद्योगहरु गुणस्तरहीन पानी बिक्रीवितरण गर्दै

Advertisement

वीरगञ्ज । वीरगञ्जमा गुणस्तरहीन पानी बिक्री वितरण हुँदै आएको छ । गर्मी बढेसँगै जारको पानीको माग बढ्दै गएपछि वीरगञ्जका पानी उद्योगले गुणस्तरहीन पानी बिक्री वितरण गर्दै आएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च पर्साको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा सारेकारवाला निकायले अनुगमन गर्दा गुणस्तरहीन पानी बिक्री वितरण हुँदै आएको खुलेको हो ।

Advertisement

अनुगमन क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ ब्रह्म चौकस्थित गँगोत्री पियोर ड्रिन्किङ्ग वाटर, वडा नम्बर १६ रजत जयन्ती चौकमा रहेको निर्जल जल प्रालि, वडा नम्बर १० रानिघाट स्थित बालाजी पियोर ड्रिन्किङ्ग वाटर र वडा नम्बर २ मा रहेको वीरगञ्ज पियोर ड्रिन्किङ्ग वाटर उद्योगमा गुणस्तरहीन पानी भेटिएको छ ।

Advertisement

उक्त उद्योगको पानीको नमुना परीक्षणका लागि सङ्कलन गरिएको तथा बिक्री वितरण रोक्का गरिएको खाद्य प्रविधि तथा गुण डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश सिंहले बताए ।

उद्योगलाई तत्काल कारबाही गर्दै पानीको उत्पादन, बिक्री वितरण रोक्का गरिएको र उद्योगले उद्योग निरीक्षण गराई सम्पूर्ण व्यवस्था मिलाई मात्र उत्पादन बिक्री वितरण गर्न निर्देशन दिइएको उनले बताए ।

अनुगमनको क्रममा पूर्वाधार मापदण्डमा कमी रहेको, प्रशोधन कक्ष, पुर्न प्रशोधन कक्ष, वाशिङ्ग युनिट, फिलिङ्ग युनिट छुट्टाछुट्टै कक्ष नभएको, २० लिटर प्रशोधित पिउने पानी जारमा सुरक्षण शिल समेत नभएको, पुराना जारहरुलाई प्वाल पानी डिस्पोज गरेको जस्ता समस्या भेटिएको सिंहको भनाइ छ ।

गत वर्षदेखि नै चर्को गर्मीका कारण वीरगञ्जसहित पर्सा बारा जिल्लामा चापकलहरू सुक्ने क्रम जारी छ । अहिले पनि वीरगञ्जका थुप्रै स्थानहरूमा चापकलहरू सुकेका छन । भएका चापकलहरुले पनि पानी पर्याप्त मात्रामा दिने गरेका छैनन् । जसका कारण वीरगञ्जमा अहिले सर्व साधारणहरू जारको पानी किनेर खान बाध्य छन् । साभार

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *