Categories समाचार

हिजो सय रुपैयाँले घटेको सुनको भाउ आज १८ सयले घट्यो

Advertisement

वीरगन्ज । बिहीबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ४० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

Advertisement

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १९ सय रुपैयाँ रहेको चाँदी आज १८ सय ६५ रुपैयाँमा झरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *