Categories समाचार

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकका रूपमा खटाइयो

काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाइएको छ ।

मंगलबार मात्र गृहमन्त्री रवि लामिछानेले मादक पदार्थ सेवनलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा खटाइने जनाएका थिए ।

Advertisement

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका थिए, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास: अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ।’

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *