Categories समाचार

१३ लाख नक्कली नोटसहित बाराबाट चार जना पक्राउ

बारा । बारामा १३ लाख बराबरको नक्कली नोटसहित चार जना पक्राउ परेका छन्।

तीन जना नेपाली र एक जना भारतीय नागरिकलाई १३ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

Advertisement

नक्कली नोटको कारोबार हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।

Advertisement

सिम्रौनगढ नगरपालिका वडा नं.९ कचोर्वा, सानो बसवरीया र ठूलो बसवरीयाबाट चार जनालाई पक्राउ गरेको हो।

कोल्हवी नगरका २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी र रौतहटका १९ वर्षीय मोहनकुमार साहलाई सोमबार पक्राउ गरेको थियो। उनीहरूबाट भारतीय नम्बर प्लेट बिआर ०६ए डब्लयु २७५८ नम्बरको मोटरसाइकलसहित ७ लाख ७ हजार बराबरको नक्कली नोट फेला परेको थियो।

पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान गरी प्रहरीले भारतको विहार मोतिहारीका ४० वर्षीय महमद आलमलाई मंगलबार पक्राउ गरेको थियो। उनीबाट थप ६ लाख ९ हजार बराबरको नक्कली नोट बरामद भएको हो।

प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *