Categories समाचार

सबैको सहयोग भएमात्र मुसहर समुदायमा परिवर्तन गर्न सकिन्छ : मेयर सिंह

वीरगन्ज । युनिसेफको सहयोगमा वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको “मानव केन्द्रीत ढाँचा तथा द्रुत लेखाजोखा” सम्बन्धी सहश्रृजना कार्यशाला सम्पन्न भएको छ ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर २२,२८ र ३२ को १ सय ७४ मुसहर घरधुरीमा गरेको स्थलगत सर्भेले यो समुदाय पुरानो फिल्मी शैली जस्तै अझै पनि जातीय विभेदका कारण शिक्षा, स्वास्थ्य र अन्य आधारभूत आवश्यकताका सामाग्रीबाट बन्चित रहेको भेटिएको छ ।

Advertisement

कार्यक्रममा युनिसेफ नेपाल प्रतिनिधि एवम् सामाजिक व्यवहार परिवर्तन सम्बन्धी विज्ञ लिला खनालले सर्भेले यी वडाका मुसहर समुदायमा औसत विवाह उमेर १७ दशमलव २ प्रतिशत, बच्चा जन्माउने औसत उमेर १९ बर्ष रहेको देखाएको बताइन् । समुदायमा बालविवाह दर ८० प्रतिशत, किशोरी गर्भवती दर ५१ प्रतिशत, संस्थागत सुत्केरी हुने दर ५५ प्रतिशत र घरमा खोपकार्ड नभेटिएको दर ४८ प्रतिशत रहेको छ ।

Advertisement

सर्भे पश्चात् ती लक्षित वर्गका लागि चाहिने आधारभूत आवश्यकताका साधनहरु संगै शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन मास्टर प्लान समेत प्रस्तुत गरिएको थियो । जस्का लागि चाहिने बजेट र साधनहरु दिने वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रतिबद्धता गरेका थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले मुसहर समुदायको स्तरोन्नति र चौतर्फी विकासका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेकोले इमानदारीपूर्वक काम मात्रै गरिदिए सकारात्मक परिवर्तन देख्न सकिने विश्वास रहेकोले सबैलाई खटिन् आग्रह गरे ।

पढाइ रुचिनै नराख्ने मुसहर समुदायका बालबालिका तथा युवाहरुलाई खेलकुद क्षेत्रसंग जोडेर शिक्षा तर्फ आकर्षित गर्न सकिने मेयर सिंहले सुझाव दिएका थिए ।

महानगरको शैक्षिक तालिम केन्द्रमा आयोजना गरिएको सो कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख अरबिन्द लाग कर्ण, स्वास्थ्य महाशाखा प्रमुख अनिल यादव, महाशाखामा कार्यरत कर्मचारी, फोर जि आर संस्थाकि अध्यक्ष नुतन सरावगी, लक्षित वडाका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको रहेको थियो ।

कार्यक्रमको सहजीकरण जन स्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *