Categories समाचार

श्रीमान नभएकाे बेला घरभित्रै महिलामाथी सामुहिक बलात्कार, आरोपमा चारजना पक्राउ

पर्वत । श्रीमान घरमा नभएको मौका छोपी एक महिलामाथि जबरजस्ती सामुहिक बलात्कार गरेको आरोपमा पर्वतमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागरबहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतकै जलजला गाउँपालिका–४ बस्ने ३६ वर्षीय कुशल मल्ल रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक भवन बरामले जानकारी दिएका छन् ।

Advertisement

महिलाको कोठामा प्रवेश गरी सामुहिक करणी गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरूले सोमवार राति करिब १ बजेको समयमा करणी गरेको प्रहरीले बताएको छ । घटनामा संलग्न भनिएका चारै जनालाई सोही दिन नै पक्राउ गरी जबरजस्ती करणी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पर्वत जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बरामले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *