Categories समाचार

६० किलो सुन तस्करी प्रकरणमा मुछिएका थर्कमान लामा पक्राउ

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका थर्कमान लामा पक्राउ परेका छन् । काभ्रेको तेमााल गाउँपालिका घर भएका लामालाई नेपाल प्रहरीको केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न पूर्व न्याायधीश डिल्लीराज आचार्यको अध्यक्षतमा गठित जाँचबुझ आयोगको प्रतिवेदनले लामाको सुन तस्करीमा संलग्नता देखाएका कारण पक्राउ गरेको सीआईबी श्रोतले जानकारी दिएको छ । उनलाई प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

Advertisement

२०८० साउन २ गते विमानस्थल भन्सार कार्यालय सिनामंगलबाट जाँचपास भएर बाहिरिएको १५५ किलो तौलको स्कुटरको ब्रेक सुमा तस्कर समूहले सुन लुकाएर ल्याएको थियो । भन्सार हाता कट्ने बितिक्कै राजश्व अनुसन्धान विभागले सुनसहितको ब्रेक सु नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको थियो ।

Advertisement

रेडी ट्रेडर्स नामक कम्पनीले हङकङबाट क्याथेप्यासेफिक एयरलाइन्सको कार्गोबाट आयात गरिएको ब्रेक प्याड गाल्दा ६१ किलो ७ सय ग्राम २४ क्यारेटको सुन रहेको पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *