Categories समाचार

वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको ट्रकबाट ठूलो परिमाणमा औषधी बरामद

वीरगञ्ज । वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको ट्रकबाट प्रहरीले ठूलो परिमाणको औषधी बरामद गरेको छ ।

प्रदेश –०२–०३–००१ ख् ६५५७ नम्बरको ट्रकबाट प्रहरी चौकी परवानीपुरले भन्सार छलीको औषधी बरामद गरेको हो । 

Advertisement

विशेष सूचनाको आधारमा चेकजाँच गर्दा १ करोड १५ लाख मूल्य बराबरको भन्सार छलीका औषधीसहित ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।

Advertisement

उनकाअनुसार बिलबिजक भन्दा बढीको औषधी भएपछि ट्रक नियन्त्रणमा लिइएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *