Categories शिक्षा समाचार

११ वर्षदेखि सञ्चालनमा रहेको बिपिएस प्लस २ कलेज पहिलेकै स्थानमा निरन्तर

Advertisement

वीरगन्ज । विगत १ दशकभन्दा बढी समयदेखि व्यवस्थापन संकायमा निरन्तर गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको बिपिएस प्लस २ कलेज (BPS +2) फेरि पहिलेकै स्थानमा यसवर्षदेखि सञ्चालन हुने भएको छ ।

उही संस्थापक शिक्षकहरुको समुहले नयाँ जोस जागरसहित पुनः पहिलेकै स्थानमा यसवर्षदेखि पठनपाठन सुरु गरिने जनाइएको छ ।

Advertisement

प्राविधिक समस्याका कारण केही वर्ष अन्तै सञ्चालनमा रहेको कलेज पुनः वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानिघाट सिडियो कार्यालयको उत्तरतर्फ पूजा पुस्तक पसल र नेवा पुस्तक पसल नजिकै रहेको वि पी एस स्कुल भवनमा यसवर्षको नयाँ शैक्षिकसत्रदेखि पठनपाठन गराइने लेखा विषय शिक्षक तथा मानव संसाधन निर्देशक संदिप कुशवाहाले जानकारी गराए ।

Advertisement

नयाँ भर्ना सुरु हुन अगाडि कलेज प्रशासनले आयोजना गरेको भेटघाट कार्यक्रममा यसवर्षदेखि कलेजले शिक्षकहरू तथा कर्मचारीहरुलाई राहत पुग्ने गरि कार्ययोजना ल्याइएको कुशवाहाले जिकिर गरे ।

कलेजहरुको भीडमा सफल पहिचान बनाउदै ११ वर्षदेखि व्यवस्थापन संकायमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको बिपिएस प्लस २ कलेजले यसवर्षदेखि त्यस संस्थामा आबद्ध शिक्षकहरुका लागि ५ लाखको दुर्घटना बिमा र निरन्तर दुई वर्ष सेवा दिनेलाई सञ्चयकोषको व्यवस्था समेत गरिएको जनाएको छ ।

बिद्यार्थीहरुलाई किताबको ज्ञान ,व्यावहारिक ज्ञान, संस्कारको ज्ञान दिनुका साथै समय समयमा ट्रेनिङ, सेमिनार, भ्रमण, खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गराइने अर्थ शास्त्र शिक्षक तथा शैक्षिक निर्देशक दिपक पटेलले जानकारी गराएका थिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *