Categories हाइलाइट-समाचार

गुम्टीकाे आडमा पर्सा ट्राफिक प्रहरीको अबैध असुली

Advertisement

अमित अग्रवाल
वीरगन्ज । पर्सा ट्राफिक प्रहरीले चेकजाँचकाे नाममा पैसा असुले काम गरिरहेकाे पाइएको छ ।

अस्थायी ट्राफिक प्रहरी पाेष्ट रजतजयन्ती चाेैकमा कार्यरत ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचका नाम अवैध पैसा असुल्ने काम गरिरहेका छन् ।

Advertisement

अस्थायी ट्राफिक प्रहरी पाेष्ट रजतजयन्ती चाैकमा सरुवा भएर आउने जो कोही ट्राफिक प्रहरीको मुख्य उदेश्य पैसा कमाउने नै हो भनेर सर्वसाधारणले भन्न थालेका छन् ।

Advertisement

पछिल्लो समय ट्राफिक प्रहरीले पैसा उठाउन नयाँ हतकण्डा अपनाएको छ ।

भन्सार क्षेत्रमा भारतीय तथा नेपाली नम्बरका सवारीसाधन चेकजाँचकाे नाममा ट्राफिक प्रहरी सहायक हवल्दार बिनाेद रामकाे निर्देशनमा सवारी धनीहरूले रजत जयन्ती चाैकमा रहेकाे एउटा गुम्टीमा पैसा बुझाउने गरेकाे एक जना प्रत्यक्षदर्शीले राताेपानालाई बताए ।

ट्राफिक प्रहरी सहायक हवल्दार राम र जवान कृष्ण नन्दन रायले दिनहु गुम्टी मार्फत अवैध पैसा असुल्दै आई रहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार ट्राफिक प्रहरी कहिले आफैं पैसा थाम्ने त कहिले सिबिलमा रहेको व्यक्तिलाई पैसा दिन लगाउने अहिले रजत जयन्ती चाैकमा रहेकाे (पान पसल ) यो गुम्टीमा पैसा दिन लगाउने आवतजावत गर्नेले बताउछन् ।

सवारी चेकजाँच गर्नु राम्रो पक्ष हो र कसैले ट्राफिक नियम उलंघन गर्यो भने जरिवाना गराउनुुनै पर्छ तर यसरी आफ्नो खल्ती भर्नेगरी नियमविपरीत विभिन्न जालझेल गरि सर्वसाधारणलाई दुख दिदै अबैध असुली गर्नु गैरकानुनी हुदाहुदै निर्धक्क रुपमा पैसा उठाइरहदा नेतृत्व पंक्ति चुप लाग्नु भनेको सबैमा बाडफाड हुनेगरि मिलोमतो भएको बुझिन्छ ।

बेला बखत पर्साका अन्य ठाउँहरुबाट ट्राफिक प्रहरीको अबैध असुलीको समाचार आइरहदा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयालाई समेत हिस्सा जाने गरेको नाम नबताउने सर्तमा एक ट्राफिक प्रहरीले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *