Categories एजेन्सी

गर्मीका कारण भारतमा चार दिनमा ३२० जनाभन्दा बढीको मृत्यु

Advertisement

नयाँ दिल्ली । गर्मी र तातो लहरका कारण पछिल्लो चार दिनमा भारतमा ३२० जना भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तीन दिनमा उत्तर प्रदेशमा सबैभन्दा बढी १०० जनाको ज्यान गएको हो । 

त्यस्तै बिहारमा पछिल्लो ३ दिनमा गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । यूपी–बिहारमा शुक्रबार मात्र कम्तीमा ४० जनाको मृत्यु भएको खबर छ । जसमध्ये २५ जना लोकसभा चुनावी काममा खटिएका कर्मचारी र अधिकारीहरू छन्।

Advertisement

पछिल्लो ४ दिनमा तातो लहरका कारण राजस्थानमा ६०, झारखण्डमा ३७, ओडिशामा १८, मध्य प्रदेशमा २ र दिल्लीमा एक जनाको मृत्यु भएको छ । झारखण्डमा १ हजार ३ सय २६ जना अस्पतालमा भर्ना भएका छन् । धेरै ठाउँमा हिटस्ट्रोक वार्डमा खाली ठाउँ छैन।

Advertisement

आज १४ राज्यमा तातो लहरको चेतावनी

भारतको मौसम विभागका अनुसार शुक्रबार देशमा सबैभन्दा बढी ४८.२ डिग्री सेल्सियस तापक्रम कानपुरमा रेकर्ड गरिएको छ। दोस्रो स्थानमा हरियाणाको सिरसा रहेको छ भने यहाँको तापक्रम ४७.८ डिग्री सेल्सियस रहेको छ । दिल्लीको आयानगरमा तापक्रम ४७ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो।

शनिबार ९जून १० मा राजस्थान, उत्तर प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, ओडिशा, महाराष्ट्र, मध्य प्रदेश, बिहार, झारखण्ड, छत्तीसगढ, उत्तराखण्ड, आन्ध्र प्रदेश र हिमाचलमा तातो लहरको सम्भावना रहेको छ । मध्यप्रदेश, उत्तर प्रदेश र ओडिशामा दिउँसो र राति गर्मी रहनेछ। गोवा, तेलंगानामा पनि तातो लहरको को सम्भावना छ।

यता निर्धारित समयभन्दा ६ दिन अगावै मनसुन पश्चिम बंगालमा पुगेको छ । विभागले जुन ६ सम्म मनसुन राज्यमा प्रवेश गर्ने भविष्यवाणी गरेको थियो। मनसुन चाँडो आउनुको कारण पश्चिम बंगाल र बंगलादेशमा २६ मेमा आएको रेमल चक्रवात रहेको बताइएको छ ।

विभागले कुचबिहार, जलपाईगुडी, अलिपुरद्वार, कालिम्पोङ र दार्जिलिङका उप-हिमाली जिल्लाहरूमा आगामी पाँच दिनमा वर्षा हुने र एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ। उत्तर बंगालमा राज्यका अलिपुरद्वार (४५ मिमी), जलपाईगुडी (४५ मिमी) र कुच बिहार (२८ मिमी_  स्थानहरूमा शुक्रबार बिहान पानी परेको थियो ।

कोलकातालगायत दक्षिण बङ्गालका जिल्लाहरूमा आगामी तीन दिनसम्म हावाहुरी र वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ । कोलकातामा ६५ मिलिमिटर वर्षा भएको मौसम विभागले जनाएको छ । पश्चिम बंगालभन्दा पहिले मे ३० मा मनसुन केरला पुगेको थियो । मनसुन जुन २७ सम्ममा दिल्ली पुग्ने अपेक्षा गरिएको छ । 

यसअघि ३० मे २०१७ मा मोरा चक्रवातका कारण मनसुन निर्धारित समयभन्दा अगावै आइपुगेको थियो । मनसुन सामान्यतया जुन १ मा केरलामा प्रवेश गर्छ र जुन ५ सम्ममा देशका अधिकांश भागलाई समेट्छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *