Categories समाचार

जंगलमा २ सय ८० किलो गाँजा बरामद

Advertisement

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रामपुरले २ सय ८० किलो गाँजा बरामद गरेको छ ।

एरिया गस्ती गर्ने क्रममा उदयपुरको बेलका नगरपालिका-८ सिसौलीघाटबाट बिहान करिब ७ बजेको समयमा गाँजा बरामद भएको हो ।

Advertisement

विशेष सूचनाको अधारमा सिसौलीघाटको जंगलमा ६ वटा बोरामा लुकाएर राखिएको अवस्थामा उक्ता गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी गराए।

Advertisement

गाँजासँगै २ थान ट्युब र एउटा सानो ठेला गाडा पनि भेटिएकाले कोशी नदी हुँदै तस्करी गर्न लागिएको आशंका गरिएको थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *