Categories समाचार

नि:शुल्क रगत परिक्षण गर्न रेडक्रस र जितपुर सिमरा-१४ बीच सम्झौता

वीरगन्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र जितपुरसिमरा वडा-१४ बिच सम्झौता भएको छ ।

जितपुरसिमरा वडा १४ बासीलाई उपचारको क्रममा रक्तसञ्चार केन्द्रबाट आवश्यक पर्ने रगतको परिक्षण बापतको शुल्क निशुल्क उपलब्ध गराउने भनी रेडक्रसका सभापति बिरेन्द्र राज कंडेल र वडाअध्यक्ष चयन गुरुङ बिच सम्झौता भएको हो ।

Advertisement

बिरामी सम्म सुरक्षित रगत पुर्याउने कार्यमा लाग्ने चेकजाँच शुल्कलाइ ध्यानमा राखि जितपुरसिमरा-१४ का वडाअध्यक्ष गुरुङले गर्नु भएको सराहनीय कार्य प्रति धन्यवाद व्यक्त गर्दै जनप्रतिनिधिले समेत रेडक्रसको कार्यमा समन्वय एवं सहयोग गर्नु पर्ने कुरामा जोड दिनुका साथै सबैले निस्वार्थ रुपले मानवीय सेवा कार्यमा जुट्नका लागि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति कंडेलले अनुरोध गरे ।

Advertisement

सम्झौता पत्र हस्ताक्षरको क्रममा नेपाल रेडक्रस पर्साका नि.शाखा अधिकृत बिरशम्सेर प्रसाद कुर्मी, सहायक राजन श्रीवास्तव र मिना क्षेत्रीको सहभागीता रहेको श्रीवास्तवले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *