Categories समाचार

आँप बोकेको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, २२ जना घाइते

Advertisement

सप्तरी । सप्तरीमा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । आँप बोकेको ट्याक्टर दुर्घटनामा अरु २२ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कञ्चनपुर राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमा शनिबार साँझ स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डुन्डीराज न्यौपानेले जानकारी दिए । ‘दुर्घटनामा सिरहाको लाहान नगरपालिका–१९ घर भएका ३२ वर्षीय मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ वर्षीय सुशिल रामको मृत्यु भएको हो,’ डीएसपी न्यौपानेले भने, ‘घाइते २२ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ ।’

Advertisement

हुलाकी सडक भएर राजविराजबाट आँप लिए कञ्चनपुरतर्फ आउँदै गरेको अवस्थामा ट्याक्टर सडकबाट झण्डै १० मिटर तल खसेर दुर्घटना भएको हो । ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको न्यौपानेले बताएका छन् । घाइतेमध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

त्यहाँ उपचाररतमध्ये दुईको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । घाइतेमध्ये सामान्य अवस्थाका ८ जना स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । दुई जना घाइतेको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ । दुर्घटनामा ट्याक्टर चालक सप्तरीकै कञ्चनपुर १२ का अकबर मियाँ पनि घाइते भएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *