Categories समाचार

७२ लाख रूपैयाँसहित काठमाडाैबाट दुईजना पक्राउ

Advertisement

वीरगन्ज । काठमाडौंको एक गेष्ट हाउसबाट ७२ लाख रूपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–७ स्थित लुम्बिनी खाजा तथा गेष्ट हाउसको कोठाबाट उक्त रकम बरामद भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Advertisement

पक्राउ पर्नेमा भोजपुरको पौवादुङमा गाउँपालिका–४ स्थायी घर भई काठमाडौंको न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा छन् ।

Advertisement

उक्त रकम हुन्डीको भएको प्रहरीको आशंका छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *