वीरगन्ज । वीरगन्जका सुनचाँदी पसलहरुमा अनुगमन टोली पुग्दा सटर बन्द गरेर व्यवसायी फरार भएका थिए ।
अनुगमनका क्रममा वीरगन्जका अधिकांश सुनचाँदी व्यवसायीले पसलको नविकरण नगरेको पाइएको छ । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जले गरेको अनुगमनका क्रममा अधिकांश व्यवसायीले पसल नविकरण नगरेको पाइएको हो ।
अनुगमनको सूचना पाएसँगै अधिकांश पसलेहरु पसल बन्द गरेर भागेका छन् । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका निरीक्षक रामप्रसाद लम्साल नेतृत्वको अनगुमन टोली पुग्नु अगावै पसलहरु बन्द अवस्थामा थिए ।
न्यु रिया ज्वेलर्स, जयमाँ ज्वेलर्स, रुप अलंकार ज्वेलर्स कला केन्द्र, शंकर सा विकास कुमार सर्राफ माईस्थानको पिके कला केन्द्र लगायतमा अनुगमन गरिएको हो ।
वीरगन्जको मिनाबजार र माईस्थान क्षेत्रका सुनचाँदी पसलमा टोलीले अनुगमन गरेको हो । ६ वटा पसलमा अनुगमन गरिएको गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जमा कार्यरत मनिष गुप्ताले बताए ।
उनका अनुसार अनुगमन गरिएका पसललहरुमा गुणस्तर तथा नापतौलमा कुनै त्रुटी फेला नपरेपनि पसलको नविकरण भने नगरेकोले तीन दिनभित्र नवीकरण गराउन ति पसलहरुलाई निर्देशन दिइएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्सा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, जिल्ला प्रहरी कार्यालय पर्सा र उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका प्रतिनिधीले सुनचाँदी पसलको अनुगमन गरेका हुन् ।






