Rato Pana
खेलकुद

आसिफले ३०,५० र १०० रन जोड्दा पुरस्कार राशि प्रदान गर्ने मेयर सिंहले गरे घोषणा

वीरगन्ज । अमेरिकामा जारी विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा रन जोडे बापत एक खेलाडीले पुरस्कार राशि पाउने भएका छन् ।

अमेरिकामा जारी विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा सहभागी वीरगन्जका आसिफ शेखकाे सम्मान र हाैसला बृद्दिका लागि वीरगंज महानगरपालिकाकाे तर्फबाट प्रत्येक प्रतियोगितामा पुरस्कार राशि प्रदान गर्ने मेयर राजेशमान सिंहले घोषणा गरेका छन् ।

मेयर सिंहले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै लेखेका छन्, ” वीरगन्जका आसिफ शेखकाे सम्मान र हाैसला बृद्दिका लागि वीरगंज महानगरपालिकाकाे तर्फबाट प्रत्येक प्रतियोगितामा ३० रन जाेड्दा रू. ३० हजार, ५० रन जाेड्दा रू. ५१ हजार र १०० रन जाेड्दा रू. १ लाख प्रदान गर्ने घाेषणा गर्दछु ।”

खेल क्षेत्रमा वीरगंजको शान बढाएका शेखको सम्मान गर्न वीरगंजबासीको दाईत्व रहेकोले सबैको प्रतिनिधित्व गर्दै खेल प्रतिको आशा र भरोसा अझै प्रगाढ बनाउन नगरबासीको इच्छा अनुसार महानगरको तर्फबाट सानो प्रयास गरिएको मेयर सिंहले बताए ।

सम्वन्धित समाचार

Leave a Comment