Categories समाचार स्वास्थ्य

नारायणी अस्पतालले दैनिक ज्यालादारीका ४७ जनालाई हटायो

Advertisement

वीरगन्ज । ६/७ महिनादेखि तलब भत्ता खुवाउन नसकेको वीरगन्जको नारायणी अस्पतालले ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई हटाएको छ ।

अस्पतालमा नवनियुक्त मेसु डाक्टर एनामुल हक आएसंगै सोमबार बसेको बैठकले अस्पतालमा लामो समयदेखि दरबन्दी बेगर दैनिक ज्यालादारीमा कार्यरत ४७ जना लाई हटाउने निर्णय गरेको छ ।

Advertisement

अस्पतालका सूचना अधिकारी सुनिल रौनियारका अनुसार यही जेष्ठ २२ गतेदेखि सेवा अवधि समाप्त भएको निर्णय गर्दै अस्पतालबाट आठौं तहका मेडिकल अधिकृत चिकित्सक ११ जना,सातौं तहका मेडिकल अधिकृत १ जना, स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ३ जना, रेडियोग्राफर ५ जना, अहेब चार जना , कार्यालय सहयोगी ७ जनालाई हटाइएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *